२९ पुष २०७२, बुधबार

थपिएका र साविकको मन्त्रालय फुटाएर बनाइएका नयाँ मन्त्रालयहरुमा जनशक्ति व्यवस्थापन र भौतिक व्यवस्थापन नहुँदा दैनिक कामकाज अहिले निकै भद्रगोल अवस्थामा रहेको पाइएको छ।

pashu-ministry-1

मन्त्रालय फुटाइएको दुई साता बितिसक्दा पनि अझैसम्म स्पष्ट काम बाँडफाँडको निर्णय नहुँदा कुन काम कसले गर्ने भन्ने अन्योल देखिएको छ। त्यसैगरी मन्त्री र सचिवबाहेक नयाँ मन्त्रालयमा कुन कर्मचारी कता रहने भनि टुंगो नलाग्दा पनि उत्तिकै अन्योलको अवस्था रहेको छ।

अर्बौ खर्च बढ्ने गरी बढाइएका मन्त्रालयहरु कर्मचारी, भौतिक पूर्वाधार व्यवस्थापन, क्षेत्राधिकार, स्रोत साधन र कामको बाँडफाँडमा कर्मचारीहरुबीच नै लडाइँ चलेको अवस्था छ। समन्वयको अभावमा एउटा मन्त्रालयले भनेको अर्कोले नटेर्ने प्रवृत्ति पनि विस्तारै सुरु भएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ।

 

LIVE TV