२९ पुष २०७२, बुधबार

एक वर्षको अवधिमा डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य ८ प्रतिशतले ह्रास भएको छ । २०७१ माघ १४ गतेको तुलनामा बुधबारका लागि दिइएको डलरको विनिमय दरको आधारमा नेपाली रुपैयाँ सो प्रतिशतमा ह्रास भएको हो ।

money_nepalii

गत वर्षको माघ १४ गतेको लागि राष्ट्र बैंकले डलरको सटही दर (बिक्री दर) ९८ रुपैयाँ ५४ पैसा तोकेको थियो । बुधबारका लागि भने राष्ट्र बैंकले अमेरिकी डलरको सटही दर एक सय सात रुपैयाँ ३३ पैसा तोकेको छ ।

वाणिज्य बैंकहरुले भने मंगलबार नै प्रतिडलर एक सय सात रुपैयाँ २५ पैसामा कारोबार गरेका छन् । अभियान दैनिकमा खबर छ ।

 

LIVE TV