२९ पुष २०७२, बुधबार

भैरहवा/ रूपन्देहीको सिपवामा गर्भवतीको हत्या गरेको आरोपमा श्रीमान्सहित पाँचजना पक्राउ परेका छन् । हत्याको घटनालाई लुकाउन शव जलाउँदै गरेको अवस्थामा प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो ।

firein bara

प्रहरीले मृतकका श्रीमान् २५ वर्षीय शैलेश मल्लाह र उनका बुबा ६० वर्षीय रतनलाई पक्राउ गरेको छ । त्यस्तै, सिपवा–६ का शिवदास कलवार, शिवड मल्लाह र सुरज मल्लाहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूले २२ वर्षीया गर्भवती सुनिताको हत्या गरेर ढाकछोप प्रयास गरेको खुलेको रूपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।
हत्यापछि शव सिपवा–६ स्थित बोग्दियाघाटमा जलाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । शव जलाइसकेपछि अस्तु र खरानी नदीमा बगाउने बेला प्रहरी पुगेको थियो ।-नयाँ पत्रिका

 

LIVE TV