२८ पुष २०७२, मंगलवार

एजेन्सी । केही दिन अघि व्हाइट हाऊसमा भएको एक सम्बोधनका क्रममा राष्ट्रपति बाराक ओबामा रोएपछि उक्त समाचारले सनसनीपूर्ण हंगामा मच्चाएको थियो । उनले अमेरिकामा बढ्दै गएको बन्दुक संस्कृतिप्रति दुःख मनाउँदै सन् २०१२ मा अमेरिकाको एक स्कुलमा बन्दुक आक्रमणद्धारा मृत्यु भएका विद्यार्थीहरुको शोक सभामा सम्बोधन गर्दै गर्दा भावुक भएर आँशु झारेका थिए ।

obama

त्यसको केही दिन नबित्दै एक अंग्रेजी समाचार संस्था फाक्स न्यूजले ओबामाको आँशु झुटो भएको दाबी गरेको छ । उक्त समाचार संस्थाले ओबामाले प्याजको प्रयोग गरेको समेत बताएको छ ।

गत ६ जनवरीमा व्हाइट हाऊसको उक्त कार्यक्रममा दुनियाँको सबैभन्दा शक्तिशाली राष्ट्रको प्रमुख सम्बोधन गर्दा गर्दै रोएका थिए । राष्ट्रपति सम्बोधनको बारेमा कुरा गर्दै आन्द्रिया टैंटारोजले ओबामाको भावुकता स्वभाविक भएको बताएकी छिन् ।

उनले भनेकी छन्, “म पोडियमलाई चेक गर्न मन चाहान्छु, की कहीँ त्यहाँ प्याज त थिएन ? अथवा बच्चाहरुको शेम्पू वा कुनै ‘नो मोर टीयर्स’ त थिएन ? मेरा मतलब यो हो की त्यो घटना वास्तवमै सम्भव नै थिएन, किनकी त्यो एक अवार्ड सेशन थियो।”

 

LIVE TV