२८ पुष २०७२, मंगलवार

२२ औं संस्करणको सुविसु क्यान इन्फोटेक माघ १४ गतेदेखि हुने भएको छ । क्यान इन्फोटेक माघ १९ गतेसम्म चल्ने आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानले जनाएको छ । विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरेको क्यानले जनाएको छ । यस पटकको क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु रहेको तथा एशोसिएट प्रायोजन हुवावे मोवाइलले गरेको छ । यस पटकको क्यान इन्फोटेकमा एकसय ७५ स्टल रहनेछन् । ती मध्ये मुख्य प्रदर्शनी हलभित्र ४९ वटा, हल बाहिर तीन वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन् । यस्तै ट्रसमा एकसय चार, ओपन स्पेस १४ र फुड स्टल पाँचवटा रहनेछन् ।
vlcsnap-2929-10-17-14h20m07s979
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्सलगायतका रहेका छन् । यो वर्षको क्यान इन्फोटेक चारलाख जनाले अवलोकन गर्ने अनुमान महासंघले गरेको छ । मेला अवलोकनका लागि सर्व साधारणलाई प्रवेश शुल्क एकसय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

LIVE TV