२८ पुष २०७२, मंगलवार

केहि साता अघि मात्र प्रधान मन्त्रि के.पि. शर्मा ओलीबाट फुलैफुलको मौसम तिमीलाई फिल्मको गीत सार्वजनिक गरीएको थियो । काठमाडौंमा पत्रकार मम्मेलन गर्दै फुलैफुलको मौसम तिमीलाई फिल्मको प्रोमो सार्वजनिक गरिएको छ । फाल्गुन २१ मा प्रदर्शन हुने उक्त फिल्ममा वास्तविक जोडि नीता र आमेशको लिड रोल रहेको छ । रोमान्टिक लभस्टोरीका साथै एक्सन प्रधान उक्त फिल्मलाई दिनेश डि.सि.ले अमेरीकी व्यावसायी आमिर अलि सँग मिलेर निर्माण गरेका हुन् ।

vlcsnap-2016-01-12-17h34m14s76
फिल्मका निर्देशक तथा निर्माता डि.सि.ले धादि¨को सला¨घाटमा झोलुंगे पुल निर्माण गर्नका लागि साढे सात लाख प्रदान गर्ने पनि बताएका छन् । फिल्मको प्रोमो सार्वजनिक कार्यक्रममा फिल्मले राम्रो व्यापार गर्न नसके पनि उक्त रकम सिडमनिमा जम्मा गर्ने निर्देशक एवं निर्माता डि.सि.ले घोषणा गरेका हुन । पुल बनेपछि त्यहाँका बालबालीकाहरुले भुण्डिएर जोखिममा यात्रा गर्नबाट मुक्त हुने आशा पनि राखेका छन् ।
vlcsnap-2016-01-12-16h24m46s127
एक्सन र लभस्टोरी रहेको यस फिल्ममा सुरेश अधिकारीको संगित रहेको छ । वास्तविक प्रेमजोडि नीता र आमेसका साथै विजय लामा,गीता अधिकारी, लगाएतले मुख्य भुमिकामा अभिनया गरेका छन् । प्रोमो सार्वजनिक कार्यक्रममा निता र आमेश दुवै उपस्थित भएका थिए । यस फिल्म गत गएको भुकम्पका साथै विविध कारण फाल्गुन २१ मा प्रदर्शन मिति सरेको हो ।

LIVE TV