२८ पुष २०७२, मंगलवार

– यादव देवकोटा

लामो समय देखि भारतले गरेको अघोषित नाकाबन्दीको कारण आम नागरिकको दैनिक जिबन यापन कष्टकर बनेको छ ्र समाजिक सञ्जालमा नागरिकहरुले देशको राजनैतिक परिवेश र यिनै नाकाबन्दीको बिषयमा पर्ति्क्रिया आक्रोश र आफ्नो दुख भने पोख्न छाडेका छैनन् ! यिनै बिषयलाई आज हामीले २४ सासल मिडियामा समाबेस गरेका छौँ –

 

 

क्रिकेट खेलाडी पारस खड्का लेख्नुहुन्छ
आखिर किन २०७२ ले नेपाललाई ठग्दै छ त?
भुकम्प
क्रिकेट⬇
प्रकोप
राजनीति⬇
नाकाबन्दी
फुटबल⬇

त्यस्तै अझ केके हुन बाँकी छ भन्दै एक यूवा गिरिश पोख्रेल लेख्नुहुन्छ ‏
प्रम र मन्त्रीहरुले ज्योतिषीको पेशा आफैं गर्न थालेछन्स एकसातामा नाकाबन्दी खुल्ने,एक वर्ष्भित्र लोडसेडिङ हटने,सबै गाबिसमा मोटरबाटो पुग्ने स्)

त्यस्तै पत्रकार नारायण श्रेष्ठ अमेरिकामा भयको एक कार्यक्रमको फोटो पोस्ट गर्दै लेख्नुहुन्छ ‏
नाकाबन्दी नेपालमा, चर्चा अमेरिकामा। कुरो चैं ठूलै छ है!
लेखक सुबिन भट्टराई ‏लेख्नुहुन्छ
धन्न ! अघोषित नाकाबन्दी भएपनि घोषित कालोबजारीले देश टिकिरहेको छ ।
त्यस्तै पत्रकार ज्ञानेन्द्र खड्का लेख्नुहुन्छ

केपी ओली प्रधानमन्त्री बनेदेखि १० दिनमा नाका खुल्छ भनेको १० पटक भइसक्यो । मन्त्रीहरु अझ सातामै नाका खुल्छ भन्छन् । कमल थापा दुई पटक दिल्लीबाट फर्कँदा दुबै पटक भारतले नाका खोल्ने घोषणा गरे । सञ्चारमन्त्रीले आज बिराटनगरमा सातामै खुल्छ भनिदिए । जनतालाई भ्रमित पार्नुभन्दा आत्मनिर्भर हुने उपाय खोजौं न । नाका खुल्ने भाषणले कान दुखिसक्यो, प्रधानमन्त्री र मन्त्रीहरुको भाषण सुनेर जनता हाँस्न थाले । ओलीज्यू मुखमा चाबी लगाएर दनादन काम गर्नुस् नत्र भित्तोमा फोटो टाँस्नेबाहेक अरु उपलब्धी नहोला ।


दिल्ली दरबारका झुसे हाकिमको आदेशमा नाकाबन्दी नखोल्ने र मधेश आन्दोलन नटुङ्ग्याउने हाम्राहरुको ब्रिफकेस जडित भद्र सहमति हो, चेतना हो गईल! भन्दै ⭕️
बिमल लामाले ट्वि गर्नु भएको छ !

 

 

LIVE TV