
- यादव देवकोटा
नेपालको विग्रदो राजनीतिक परिवेशले नेपाली यूवा लाई एकातिर जानु पर्ने तर अर्को्तिर मोडिनु पर्ने बाध्यता बनायको छ । देशका दरिला खम्बा, फुर्तिला जनशक्ति दिनानुदिन बिदेशियका छन् । ्र देशलाई यूवा शक्तिको आबस्यकता छ भन्दै हाम्रा नेताहरु जति कुर्लिए पनि त्यसका लागि अवसर र रोजगारको विकल्प नहुँदा यूवा शक्ति पलायन हुनु कुनै अनौठो नै होइन । सामाजिक सञ्जालमा भने यूवाहरुको बारेमा थुप्रै आशा र भरोशाका प्रतिक्रियाहरुको ओइरोनै लाग्छ । आज हामीले २४ सोसल मिडियामा त्यिनै बिषयहरुलाई समाबेस गरेका छौँ ।
पूर्व यूवराज पारस शाहले फेसबुकमा देशलाई पुन ठीक बाटोमा ल्याउन चाहेको र त्यसका लागि आफूलाई युवा पुस्ता आवश्यक परेको भनेर स्टाटस लेखेपछि आज अनलाइन पत्रपत्रिकाका लागि राम्रै समाचार बन्यो सुरु गरौँ शाहको पोष्ट बाट
I think i have to explain my intentions on fruit for though
I donÚt want to be king or rule anybody= I have made it clear before and IÚm making it clear now
All I want to do is get the country back on track. to do this I need the younger generation. The older generation is the reason the country is in a mess,
My job is to hand the country over to the younger generations,
शाहको पोस्टमा सुर्य बश्यालले नेताहरुप्रति आफु निराश भयको भन्दै ,शाहलाइ गुहार्दै यस्तो लेख्नुहुन्छ
लौ न हामी सबै यहि चाहन्छौ सरकार !! अब गाउ गाउ बाट उठ बस्ति बस्ति बाट युवाहरु लाइ उठाउने काम गर्नु पर्यो सरकार ्र हामी ६०१ देखि वाक्क दिक्क प्याक भै सकियो ्र त्यो भन्दा पनि देशै नरहला भन्ने लग्यो ्र
त्यस्तै धरैले शाहको पोष्टमा समर्थन जनाउंदै राजा आऊ देश बचाउ भनेर कमेन्ट गरे
त्यस्तै आफुलाई छड्के भन्ने रुचाउने एक यूवा लेख्नुहुन्छ
१५बर्ष सम्म पढेर प्राप्त मार्क्सिटहरुले
कही कतै काम नगरे पछि देशलाइ सराप्दै
पासपोर्ट बोकेर अन्तराष्ट्रिय बिमानस्थानमा
लाइन लाग्छन यूवा
आफुलाई साहुजी भन्न रुचाउने अर्का एक यूवा देशको मजाक उडाउँदै यस्तो लेख्नुहुन्छ
दैनिक १५०० यूवा खाडी पठाउँछ
आन्दोलन र चक्का जाममा महिनौ बिताउँछ
मेरो देश हाजमोला बनाउँछ
जे आउँछ मजाले पचाउँछ
अर्का यूवा मिलन देशकै लागि केहि गरौँ देशकै लागि मरौं भन्दै यस्तो लेख्नुहुन्छ
नदि छ नेपालमा विधुत निकालौं
जंगल छ औषधी बनाऔ
खानी छ उत्खनन् गरौं
सुर्यको उर्जा बनाऔं
विदेसिएका यूवा नेपालमा विकासकालागि बोलाऔं !
त्यस्तै पत्रकार रबिन्द्र मिश्र यूवाहरुलाई अनुरोध गर्दै यस्तो लेख्नुहुन्छ
भ्रष्टाचार नियन्त्रण गर्ने? उसोभए युवाहरूलाई अनुरोधस् बुवाआमालाई सोध्नोस्,“हाम्रो मासिक आम्दानी ‘यति’ छ तर हाम्रो यत्रो सम्पत्ति काँबाट आयो?”
मिश्रको ट्विटमा ओजस्वी गौतमले रिट्विट गर्दै यस्तो लेख्नुहुन्छ
आजका युवा बाठा छन । बाउको भ्रष्टाचारमा सघाउछन । उदाहरण टाढा छैन । मन्त्रीकै छोरा समातिएका छन ।
त्यस्तै सबैको जयहोस् भन्ने एउटा नेपाली भन्दै गिरिश पोख्रेल लेख्नुहुन्छ
सुशील कोइराला अझै युवा हुँभन्दै जोसिन्छन् भने नेपालीले गर्व गर्नुपर्छ हाम्रो औसत आयुदर एकाएक वृद्दि भएर संसारलाई उछिनेछ हामी सबैको जयहोस् स्)