२८ पुष २०७२, मंगलवार

रवीन्द्र अधिकारी, एमाले नेता

अहिले मसँग दुइवटा मोबाइल सेट छन्– आइफोन सिक्स एस र सामसुङ ग्यालेक्सी । दुवै उपहारमा आएका । आइफोन भाइले पठाइदिएको हो, सामसुङ एकजना साथीले । पहिले म जे कामका लागि आइप्याड प्रयोग गर्थें, अहिले आइफोन प्रयोग गर्न थालेको छु । एक अर्थमा भन्ने हो भने आइप्याडले आइफोनलाई रिप्लेस गरेको छ ।

rabindra

त्यसो त म दुवै फोन कुरा गर्नकै लागि प्रयोग गर्छु, तर आइफोन अझ बढी इन्टरनेटका लागि प्रयोग हुन्छ । म इमेल पनि आइफोनमै ‘चेक’ गर्छु । त्यस्तै, ६ महिना भयो होला यो आइफोन प्रयोग गरेको । इन्टरनेटका लागि अत्यन्त सहज भएको छ।
सामसुङ मोबाइल बोक्न थालेको चाहिँ झन्डै दुइ वर्ष भयो । मलाई नेपालका लागि आइफोनभन्दा सामसुङ नै ठीक लाग्यो । तर, आइफोनको ‘पर्फेक्टनेस’ सामसुङमा छैन । ‘एन्ड्रोइड बेस्ड’ भएकाले सामसुङका ‘एप्स’ चलाउन अलिक सहज छन् । मैले मोबाइलमा धेरै नै ‘एप्स’ डाउनलोड गरेको छु । फेसबुक, ट्विटर, फेसबुक पेज, भाइबर मैले समयसमयमा चलाइरहने एप्स हुन् । त्यति मात्र होइन, म समयसमयमा मोबाइल टिभी पनि प्रयोग गर्छु ।
तर, यस्ता स्मार्टफोनहरूको एउटै समस्या– ब्याट्री लामो समय टिक्दैन । त्यसैले, म एउटा फोन अन गर्दा अर्को फोन अफ गर्छु । राम्रोसँग चलाउँदा मलाई एउटा फोनले त्यस्तै ६ घन्टाजति साथ दिन्छ । धेरै फोन आउने भएकाले पनि होला । मलाई दैनिक त्यस्तै तीन सय ५० भन्दा धेरै फोन आउँछन् । मचाहिँ त्यति धेरै फोन गर्दिनँ । अत्यन्त आवश्यक फोन मात्र गर्छु । त्यस्तै, ५० कल फोन गर्छु होला । अरू फोनका कामचाहिँ सचिवालयमार्फत गर्छु ।
मलाई मोबाइलमा कुरा गर्नुभन्दा मेसेज आदनप्रदान गर्नु सहज लाग्छ । त्यसैले पनि कति फोन त म रिसिभ गर्दिनँ, ‘टेक्स्ट मी’ भनेर मेसेज पठाउँछु । रिसिभ भएका कलमा पनि अपवादबाहेक म लामो समय कुरा गर्दिनँ । ‘टु द पोइन्ट’ कुरा गर्दा एउटा कलमा त्यस्तै एक–डेढ मिनेट खर्चन्छु । तर, म ९० प्रतिशतजसो मेसेजचाहिँ रिप्लाइ गर्छु । – नयाँ पत्रिका

 

LIVE TV