२८ पुष २०७२, मंगलवार

काठमाडौं – अब शान्ति मिसनमा जाने प्रहरीले फ्रेन्च भाषा जान्नुपर्ने भएको छ । फ्रेन्च भाषा बोलिने देशहरूका लागि प्रहरी चाहिने भएकाले राष्ट्रसंघले फ्रेन्च भाषा अनिवार्य गरेको हो ।

unpolice

सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार), रुवान्डाजस्ता देशका नागरिक फ्रेन्च भाषा बोल्छन् । ती देशमा पहिला फ्रान्सको उपनिवेश भएकाले उनीहरूले फ्रेन्च बोल्ने गरेका हुन् । केही प्रहरी अधिकारीले दुई वर्षअघिदेखि नै फ्रेन्च भाषा सिक्न थालिसकेका छन् । अहिले नेपाल प्रहरीमा करिब ३० जना फ्रेन्च बोल्न सक्ने प्रहरी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

LIVE TV