२८ पुष २०७२, मंगलवार

रसुवा । कम दाउराबाट खाना पकाइ वन जङ्गल संरक्षणमा सहज बनाउने उद्देश्यले दुई गाविसमा चुलो वितरण गरिएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफका अनुसार यार्सा र धुन्चे गाविसमा हालसम्म चारसय चुलो वितरण गरिएको हो ।

stove

सफाखाले फलामे पत्ता र डन्डीबाट निर्मित नयाँ प्रविधिको एकमुखे चुलोमा सानो÷सानो दुईवटा दाउराको सहायताले खाना पाक्ने र भान्छेलाई धुवाँको असर अत्यन्तै न्यून हुने बताइएको छ ।

तीनखुट्टे फलामको ओदानबाट खाना पकाउँदा धेरै दाउरा खपत हुने गरेकोमा नयाँ चुलो उपयोगबाट एकभारी दाउराले १५ दिन पुग्ने उपभोक्ताले बताएका छन् ।

वनको व्ययभार घटाई संरक्षणकार्य प्रभावकारी बनाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जसँग विगत आठ वर्षदेखि सहकार्य गर्दै आएको मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफले निकुञ्जका भू–भागमा प्रकृतिले रचित सम्पदा पूर्णरुपले संरक्षण गर्दै मध्यवर्ती क्षेत्रका बासिन्दालाई जीविकोपार्जनका लागि प्रविधि कार्यक्रम सञ्चालन गर्दै आएको संरक्षण प्रेमीहरुले बताएका छन् ।

परम्परागत रुपमा बौद्ध विधि अङ्कित झन्डा राख्न प्रत्येक वर्ष घरघरमा राख्ने काठको लिङ्गोलाई फलामे लिङ्गो परम्परा धान्ने चेतनाको वृत्ति विकासमा सहयोग गर्दा अहिले सबै ग्रामीणवासीले फलामे लिङ्गो राखी पूजाआज गर्न थालेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस
रसुवामा चुलो वितरण, चारसय घर लाभान्वित

धुन्चे (रसुवा), २७ पुस । कम दाउराबाट खाना पकाइ वन जङ्गल संरक्षणमा सहज बनाउने उद्देश्यले दुई गाविसमा चुलो वितरण गरिएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफका अनुसार यार्सा र धुन्चे गाविसमा हालसम्म चारसय चुलो वितरण गरिएको हो ।

LIVE TV