२८ पुष २०७२, मंगलवार

नेपालगन्ज। कैलालीको राप्तीपारि बैजापुरमा लामो समयदेखि कारखाना नै खोलेर अबैध हात हतियार उत्पादन भइरहेको पाइएको छ ।

बैजापुर ४ का गुन्जसबहादुर लोहारले कारखाना सञ्चालन गरी अवैध हातहतियार बिक्री गर्दै आएका हुन् । लुकीछिपी हतियार बिक्री गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेपछि तथ्य सार्वजनिक भएको छ ।

zzzgun

   फाइल फोटो

प्रहरीको क्षेत्रीय अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा आइतबार बेलुकी लोहारको घरमा छापा मारी तयारी अवस्थाका पाँच थान कटुवा पेस्तोल, एक थान रिभल्वरलगायत सामग्री बरामद गरेको थियो ।

हतियारसहित पक्राउ परेका उनलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको भेरी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यातले बताए । नागरिक दैनिकमा खबर छ ।

 

LIVE TV