
नयाँ संविधानले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई नागरिकताबाट बञ्चित गरेको प्रचार तराई-मधेसमा भइरहेका बेला दोस्रो संविधानसभामा मात्रै कम्तिमा १२ जना अंगिकृत सभासद् रहेको तथ्य भेटिएको छ । यी सबै सभासद संविधानसभाको समापनसँगै स्वत रुपान्तरित भएर बनेको ब्यवस्थापिका संसदको सदस्यका रुपमा देशको सर्वोच्च विधायनी अंगमा बहाल छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

सचिवालयका एक अधिकारीका अनुसार तत्कालिन संविधानसभामा अंगिृकत नागरिकता भएका सभासदको संख्या एक दर्जन भन्दा बढी हुन सक्छ । ‘सबैको नागरिकताको अभिलेख भिकाएर कुनै अध्ययन भएको छैन,’ ती अधिकारीले भने, ‘तत्कालिन सभासद् स्वयंले भरेको वैयक्तिक विवरणका आधारमा १२ जनामात्रै अंगिकृत देखिएपनि अरु कतिपयले त्यस्तो विवरण उल्लेख नगरेका पनि हुन सक्छन् ।’