२८ पुष २०७२, मंगलवार

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जस्वनराम श्रेष्ठले युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई झुक्याएर आफ्नै सानीामा छोरा डाक्टर सरोजकृष्ण श्रेष्ठलाई जागिर पदावधि थप गराएको पुष्टि भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

satya

श्रेष्ठले मन्त्री मण्डललाई झुटो विवरण पेश गरी भाइ सरोजलाई खेलकुद मन्त्रालय अन्तर्गतको एन्टिडोपिङ सेलमा विशेषज्ञ डाक्टरका रुपमा थप चार वर्षका लागि नियुक्ती दिलाएका हुन् । मन्त्रालयले यसअघि नै उक्त पदमा डाक्टर अजय शमशेर राणालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

LIVE TV