२७ पुष २०७२, सोमबार

नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले भारतको साम्रज्यवाद र विस्तारबादलाई बिरोध गर्ने अनि पछि तिनैको दलाली गर्ने द्धैद्ध चरित्रका व्यतिmहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । आफनो पार्टीे संघियताको पक्षमा रहेको दोहोर्याउँदै उहाँले जनवादी क्रान्ति अझै पूरा नभएको प्रष्ट पार्नुभयो ।

vlcsnap-8087-10-22-00h00m08s565
सोमवार राजधानीमा कम्युनिष्ट नेता भतmबहादुर श्रेष्ठको चौथो स्मृति दिवसको अवसरमा आयोजित भारतीय नाकाबन्दी र राष्ट्रिय स्वाधिनता नामक बिचार गोष्ठीमा बोल्नुहुदै नेकपा माओबादीका अध्यक्ष बैद्यले बाहिर भारतको बिरोध गरे जस्तो गर्ने तर पछि तिनैको दलाली गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताउनु भएको हो । त्यस्तै द्धैद्ध चरित्रका नेताहरुका कारण अझैसम्म पनि जनताले मुतिm नपाएको जिकिर गर्नुभयो । कार्यक्रममा राजनीतिक बिष्लेशक लालबाबु यादवले यतिबेला नेपालको राष्ट्रियता कमजोर भएको दाबी गर्नुभयो । उहाँले हरेक नागरिक मधेशी, थारु, मुस्लिम जेसुकैभएपनि यतिबेला राष्ट्रिय पहिचानको बिषय प्रमुख भएको प्रष्ट पार्नुभयो । यादवले आफू पनि मधेशी भएको बताउँदै यतिबेला नेपाली आफनो प्रमुख पहिचान भएको बताउनुभयो । कार्यक्रममा भारतले नाकाबन्दी गर्नुमा ठूलै स्वार्थ रहेको धारणा राख्दै सहभागी विज्ञहरु यतिबेला राष्ट्रिय स्वाधिनताका पक्षमा उभिनुपर्नेमा एकमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV