२७ पुष २०७२, सोमबार

विशेष अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सात पदाधिकारीलाई भ्रष्ट्राचारी ठहर गरेको छ । अदालतले विश्वविद्यालयका राजिष्ट्रार ठकेन्द्र गिरिसहित अन्यलाई विश्वविद्यालयको रकम भ्रष्ट्राचार गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै जरिवाना र कैद हुने फैसला सुनाएको हो ।

vlcsnap-3098-06-01-09h52m03s399
विशेष अदालतले रजिष्टार गिरिलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । भ्रष्ट्राचारी ठहर हुनेमा सुचन गौली, गणेशबहादुर राउत, पारसमणि गिरी, जीवनकुमार थापा, गगनसिंह वोहोरा र लेखा नियन्त्रक कमल केसी रहेका छन् । विशेषले क्रमश गौलीलाई ७ महिना कैद र ३ लाख जरिवाना, राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार, गिरीलाई ६ महिना कैद र १ लाख ७८ हजार रुपैयाँ जरिवाना तोकेको छ । यस्तै थापालाई ६ महिना कैद र १ लाख ६ सय ८७, बोहोरालाई ६ महिना कैद र १ लाख ५८ हजार र लेखा नियन्त्रक केसीलाई ७ महिना कैद तथा २ लाख ७३ हजार रुपैयाँ जरिवाना हुने फैसला विशेष अदालतले सुनाएको छ । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरे बमोजिम विगो ठहर भएका कर्मचारीहरुसंग असुल उपर गरी विश्वविद्यालयलाई भराउने फैसला समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV