प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सही योजनाहरुवारे धारणा राख्दा पनि सञ्चार माध्यमहरुले हास्यव्यङ्ग भनी आलोचना गर्ने गरेको गुनासो गर्नु भएको छ । आफुले कुुनै असम्भव कुरा नगरेको उँहाको दावी छ । सोमवार राजधानीमा सामान्य मन्त्रालयद्धारा आयोजित कार्यक्रममा धारणा राख्दै प्रधानमन्त्री ओलीले आफ्नो भनाईले सञ्चार माध्यमले अनावश्यकरुपमा टिकाटिप्पणी गरेको बताउँनुभयो । आफ्नो कार्यकालमै प्रशासनलाई चुस्त बनाएर जनतालाई उल्लेख्य राहत दिने तयारी सरकारले गरेको भन्दै उँहाले सरकारलाई साथ दिन सवैलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशासनिक क्षेत्र चुस्त र प्रभावकारी नभएसम्म मुलुक अगाडि बढ्न नसक्ने भएकोले प्रशासनलाई चुस्त बनाउन सरकारले योजनावद्धरुपमा कार्य गरिरहेको बताउँनुभयो । प्रशासनिक काम कारवाही पुरानो शैलीको हुँदा जनताले सुविधा पाउन नसक्ने स्वीकार गर्दै ओलीले आफ्नो काम बैज्ञानिक प्रशासनिक ढाँचा निर्माणमा अहोरात्र लाग्ने हुने पनि जानकारी दिनुभयो ।