२७ पुष २०७२, सोमबार

दक्षिण तिर दुष्टहरुको दृष्टि थियो , देश भनेर नबाँधिएको यो मानचित्र भित्र धेरै कबिलाहरुको कर्तुत चलिरहेको थियो । नेपालको परिचय काठमाडौं उपत्यकाको खाल्डोमा सीमित थियो । जहाँ मेल नभई बेमेल बढी थियो । हो , कमजोर यही भूगोललाई एउटै मालामा उनेर उनले समृद्ध नेपाल खडा गरे । अंग्रेजको लोभी पाइला यो धर्तीमा टेक्न नदिई दुःखले यो मुलक अज्र्याउने नायक उनै थिए अर्थात पृथ्बी नारायण शाह ।

हो उनै पृथ्बीनारायण शाह को हुन ? भनेर अबको पुस्तालाई जानकारी नै दिनुपर्ने गरी उनको योगदान नामेट पार्ने प्रयासहरु भइरहेका छन् । उनको दिव्योपदेशको दिव्यार्थहरु विर्सने प्रयासहरु धेरै अघिबाट यो मुलुकमा सुरु भएका छन् । एक एक शब्दको अर्थ बोकेको उनको दिव्योपदेशहरु अहिलेको सन्दर्भमा पनि यो मुलुकका लागि सार्थक बनेर सञ्चारित भइरहेका छन् तर दुर्भाग्य पृथ्बी नारायण शाहलाई उनको पछिल्लो पुस्ताहरुको साँधमा राखेर सिध्याउने खेल भएको छ । एकता दिवस कहिले मनाईन्छ र पृथ्बी जयन्ती कस्को नाममा मनाइन्छ भनेर प्रश्नहरु विद्यालयका पुस्तकमा नै राख्ने अवस्था उत्पन्न गराइएको छ । आज नेपाली हामी भनेर गर्वको बोध गराउने ती गोर्खाली राजाको नाममा यति धेरै विवाद । यो के को संकेत हो ? वास्तवमा आम नेपालीले बुझ्ने पर्ने अवस्था आएको छ । सन्दर्भ पुष २७ , राज्यले विर्सेको धेरै भयो यो दिनलाई तर नागरिक स्तरबाट यो दिनलाई सम्झने सत्कार्य दिनानुदिन बढ्दो छ , चुलिदो छ । २०वर्षको उमेरमा राज्यको वागडोर सम्हालेका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल विभिन्न साना राज्यमा वाँडिएर आफैमा कमजोर भएको वेला साम्राज्यवादी अंग्रेजको आक्रमणबाट मुलुक जोगाउन गरेको अथक प्रयासलाइ उनको साना दुःखले अज्र्याको मुलुक होइन भन्ने वाक्यले प्रष्ट संकेत गर्छ । उनै युगपुरुष , नेपाल आमाको उनै सतपुरुषको जन्मदिनको अवसर पारेर पुष २७ लाई नेपालीले एकता दिवस तथा पृथ्बी जयन्तीकोरुपमा राज्यस्तरबाट नै मनाउदै आएका थिए । त्यही सन्दर्भमा मनाईयो उनको २९४ औ जन्मजयन्ति पनि । नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाईमा पृथ्वीनारायण शाह जयन्ति नागरिक मुल समारोह समिति र नेपाल इतिहास संघले संयुक्त प्रयास । प्रज्ञा प्रतिष्ठानबाट प्रभात फेरि निकालेर शहरको बिभिन्न भागको परिक्रमा गरेर पुरानो झल्को दिने प्रयास गरियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगप्रसाद उप्रेतिले नेपालको विविधतालाई एकतामा आवद्व गराउने राष्ट्रिय प्रतीकको रुपमा पृथ्वीनारायण शाहलाइ चिनाउदा अझ गर्व हुने धारणा राख्नु भयो । कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले नेपालको एतिहासिक चिनारी निकै लामो रहेको र त्यस्लाइ आजको पिढीले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । इतिहासविद्हरुले राष्ट्र निर्मातालाइ विर्सन नहुने वताइरहदा सर्वसाधारणको चासो उनीप्रति उतिmकै उच्च थियो । देशमा देखा परेको वर्तमान समस्या समाधानको लागि पृथ्वीनारायण शाहको दिव्योपदेशलाइ नेतृत्वले आत्मसात गर्दै अगाडि वढ्नु पर्ने उनीहरुको सुझाव छ । नेपालमा २००७ सालदेखि राष्ट्रिय रुपमा मनाइदै आएको पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसलाइ २०६३ पछि तत्कालीन सरकारले खारेज ग¥यो । आम नेपालीको एकतामा गरिएको यो प्रहारलाई भने अब सच्याउनै पर्ने समय आएको छ । व्यवस्था परिवर्तन , समय परिवर्तन स्वभाविक हो तर इतिहास मेटाउन खोज्नेहरु आफै मेटिन बेर लाग्दैन, सरकारले सम्झनै पर्छ , पुष २७ र उनै युगपुरुष पृथ्बीनारायण शाहलाई ।

LIVE TV