२७ पुष २०७२, सोमबार

स्वास्थ्य मन्त्रालय अन्तरगतको आयर्बेेदीक औषधालयको केन्द्रीय बिभागको बेवास्ताका कारण बागलुङको एक औषधालय १० महिनादेखि कर्मचारी बिहीन बनेको छ । एक जना कबिराज सहीत ४ जना कर्मचारीको दरबन्दी रहेको बिहु सुल्डाँडा आयुर्बेदिक औषधालयका कर्मचारीको सरुवा तथा बढुवा भए पछि औषधालय कर्मचारीबिहीन बनेको हो ।

vlcsnap-2490-03-21-02h10m00s439

वाग्लुङको बिहु,तग्राम,रेश,सिगाना,धम्जा,लेखानी,पाला तथा भिमापोखरा लगायत ८ गाविसका बिरामीहरुको प्रत्यक्ष सरोकार राख्ने औषधालयका १ जना कबिराजको बैशाखमा बढुवा भएर अन्यत्र गएका थिए । यस्तै १ बैद्य र २ जना कार्यलय सहयोगीको समेत सरुवा भएकोपछि कार्यलय कर्मचारीविहीन भएको हो । कर्मचारीको अभावमा अहिले औषधालय बन्द अबस्थामा रहेको स्थानीय शिवप्रसाद कँडेलले जानकारी दिनुभयो । बिषेश गरी बृद्ववृद्वाहरु आयुर्वेदिक औषधालयमा आउने गरेको भए पनि पछिल्लो समय बिभिन्न ठाउबाट समेत आउने बिरामीहरु निराश भएर फर्किने गरेको स्थानीय लक्ष्मीप्रसाद कँडेलल बताउनुभयो । औषधालयबाट बाथ,ग्याष्ट्रीक लगायतका रोग सम्बन्धी उपचार तथा औषधि बितरण हुदै आएको थियो । निशुल्क चेकजाँच तथा औषधी बितरण समेत हुने भएपछि बृद्ववृद्वाहरुको आकर्षण बढिरहेको स्थानीय देबीलाल कँडेलले बताउनुभयो । लामो समयदेखि औषधालय कर्मचारीबिहीन भएपछि स्थानीयहरु धौलागिरी अञ्चल आयुर्वेदिक औषधालयमा कमचारी उपस्थित गराइदिन माग गरेका छन् । तर जिल्लाका विभिन्न क्षेत्रका औषधालयमा कर्मचारीको सरुवा तथा परिचालन आयुर्वेदिक बिभागबाटै हुने भएकाले कार्यलयले स्थायी तथा अस्थायी कुनै पनि कोटाका कर्मचारी राख्न नसक्ने जनाएको छ । स्थानीयको आवश्यकता र दबाब बढे पछि धौलागिरी अञ्चल आयुर्वेदिक औषधालयले पछिल्लो हप्ताबाट कार्यलयका बैद्यहरुलाई नै आलोपाले काजमा पठाउने गरेको धौलागिरी अञ्चल आयुर्वेदिक औषधालयका प्रमुख डाक्टर रोजीना ताम्रराकारले जानकारी दिनुभयो । बिभागले हरेका बर्ष कार्तिक मंसीरमा कर्मचारीको सरुवा बढुवा गर्ने गरेको भए पनि यस वर्ष बिहु सुल्डाँडा आयुर्बेदिक औषधालयको अबस्था जानकारी हुदा हुदै पनि बेवास्ता गरी कुनै पनि कर्मचारी पठाएको छैन । बिभागबाट बेवास्ता भएपछि लोकसेवामा कर्मचारी आवश्यकता सम्बन्धी फारम भरी पठाएको र माघ महिना भित्र नै औषधालयमा कर्मचारी आउने डाक्टर ताम्ररकारको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV