२७ पुष २०७२, सोमबार

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती आज(सोमबार) विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मनुभएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो ।

prithibi

यही योगदानलाई कदर गर्दै पुस २७गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।

यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ ।

नागरिकस्तरबाट एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन ।

विस १७७९ साल पुष २७ गते जन्मिएका शाहले विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिगों नेपाल निर्माण गर्ने अभियान नै चलाएका हुन् । तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । आज जनस्तरबाट पनि पृथ्वी जयन्ती मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV