
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कीर्तिमानी काम गर्ने समय छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही चुनौतीहरू देखापर्न सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। कीर्तिमानी काम गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।अप्रिय समाचारले दुःखी बनाउला। आम्दानी प्रशस्तै बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ। सोख पूर्तिका लागि खर्च बढ्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ। विगतका निर्णयले काम बिग्रन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पठन–पाठनमा प्रगति हुनेछ। काम बन्नाले निकै उत्साहित भइनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामका लागि अनुकूल समय छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। मनग्य धन आर्जन हुनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ। काममा लगानीको समय छ। विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।
वि.सं. २०७२ साल पुस २७ गते, सोमबार। इश्वी सन् २०१६ जनवरी ११ तारिख :