
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाबासीलाई प्रशासन, राजस्वलगायतका काम घरैबाट गर्न सकिने गरीको सुविधा दिने तयारी गरेको छ ।
सूचना प्रविधिलाई सरल, सहज, पारदर्शी र प्रभावकारी ढंगबाट गर्न नगरपालिकाले प्रशासन तथा राजस्व प्रणाली (मार्स) लागू गर्ने भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
महानगरपालिकाले आगामी वर्षदेखि यो सेवा दिन गृहकार्य गरिरहेको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले विद्युतीय सुशासनअन्तर्गत आधुनिक सेवासुविधा दिने सोचअनुसार सहरबासीलाई सहज सेवा प्रदान गर्न लागिएको बताए ।