२६ पुष २०७२, आईतवार

बैशाख १२ गतेको महाविनाशकारी भूकम्पबाट नेपालमा धेरै जनधनको क्षति भयो । त्यतिखेर विपदमा परेका घाइतेहरुको उद्दार तथा मृतकहरुको खोजीमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशंसा समेत भयो । यसबाट अझ हौसिएको नेपाल प्रहरीले भूकम्प जस्तो प्राकृतिक विपतिमा परी घाइते भएका र पुरिएका मानिसहरुलाई उद्धार गर्न अपनाउनुपर्ने सतर्कता र उपाय सम्बन्धीे राजधानीमा आफ्ना कर्मचारीहरुलाई व्यवहारिक प्रशिक्षण दिएको छ । प्रशिक्षणमा कसरी सुरक्षित रुपमा पुुरिएका मानिसहरुको उद्धार गर्ने भन्नेबारे प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।

vlcsnap-6148-04-30-17h09m07s353
आइतबार राजधानीमा नेशनल सोसाइटी फर अर्थक्वेयक टेक्नोलोजी नेपालद्धारा आयोजित भत्किएको घरहरुद्धारा पुरेकाहरुको उद्धार गर्न अपनाउनुपर्ने सतर्कता र उपाय सम्बन्धी नेपाल प्रहरी डिजास्टर म्यानेजमेन्ट डिभिजन कार्यलयले प्रयोगात्मक प्रशिक्षण दिएको हो । नेपाल प्रहरीका कर्मचारीहरुलाई दिइएको उक्त व्यवहारिक प्रशिक्षणको महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निरीक्षण गर्नुभएको थियो । सो अवसरमा महानिरीक्षक अर्यालले मुलुकमा प्राकृतिक विपति आईपर्दा नेपाल प्रहरी विपद व्यवस्थापनले निर्वाह गर्दै आएको भूमिका उल्लेखनीय रहेको बताउँनुभयो । उहाँले देशमा भूकम्प जस्तो ठूलो प्राकृतिक विपति आईपर्दा आपातकालिन घडिमा सुरक्षित उद्धार गर्न सकियोस भन्ने उदेश्यले प्रहरी कर्मचारीहरुको अझ क्षमता अभिबृद्धिका लागि विभिन्न प्रयोगात्मक अभ्यासहरु गराइने योजना रहेकोे बताउनुभयो ।

vlcsnap-6691-10-04-07h58m25s591

प्रशिक्षणका क्रममा नेपाल प्रहरीेलाई विभिन्न प्रकारका कंक्रिट, ईटटा काठ, टिन आदिले बनेका घरहरु भत्काउन र पर्खालमा दुलो पारेर आवतजावत गर्न सक्ने कलाहरु सिकाइएको नेपाल प्रहरीे डिजास्टर म्यानेजमेन्ट डिभिजनका संयोजक एवम् प्रहरी नायब उपरीक्षक समिर खरेलले बताउनुभयो । उहाँले भत्किएका घरमा मानिसहरु पुरिएको हुन सक्ने भएकाले उच्च सतर्कता अपनाई घरको पर्खाल भत्काउन आवश्यक मेसिनहरुसहितको प्रयोगात्मक अभ्यास गरिएको बताउनुभयो । महाविनाशकारी भूकम्प जाँदा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाप्रति आम नागरिकले गरेको प्रशंसालाई नेपाल प्रहरीले उत्साहको रुपमा लिदै आएको ।

vlcsnap-7823-06-03-04h23m22s001

प्रतिक्रिया दिनुहोस्
LIVE TV