२६ पुष २०७२, आईतवार

नेपाली कांग्रेसले निर्वाचन सम्वन्धि कार्यदिशा पारित गरेको छ । पार्टीको क्रियाशील सदस्यता विवाद सुल्झाउने वारे भने उस्ले अझै ठोस निष्कर्ष निकाल्न सकेको छैन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले निर्वाचन सम्वन्धि कार्यविधि पारित गरेको हो । बैठकले नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भए पश्चात जिल्ला नेतृत्व सम्हाल्दै आएका नेताहरुले १३ औं महाधिवेशनमा उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । महाधिवेशनलाई व्यवस्थित र बैज्ञानिक बनाउन सवै प्रयासहरु गरिने पनि कांग्रेसले बताएको छ ।
केन्द्रीय सभापतिका लागि हुने निर्वाचनमा उम्मेदवारी दिनेले २० हजार रुपैयाँ बुझाउनु पर्ने भएको छ । यस्तै गरी केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय महामन्त्री पदका लागि १५ हजार, केन्द्रीय सदस्य पदका लागि १० हजार र जिल्ला सभापति पदका लागि ५ हजार रुपैयाँ दस्तुर लाग्ने कांग्रेसले जनाएको छ । कांग्रेस बैठक चलिरहँदा पार्टी मुख्यालय सानेपा वाहिर क्रियाशील सदस्यता विवादलाई लिएर बिभिन्न जिल्लाका असन्तुष्ट समूह भने नारावाजी गरिरहेको थियो । पार्टी अलोकतान्त्रिक र गैर जिम्मेवार भएर अगाडि बढेको असन्तुष्टहरुको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV