
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भूकम्प पीडितका समस्याप्रति गम्भीर रहेको बताउनु भएको छ । उहाँले चिसोका कारण भूकम्प पीडितलाई परेको असरप्रति सरकारको ध्यानाकर्षण भएकोभन्दै राहतको कार्य अघि बढाएको जानकारी पनि दिनुभएको छ । व्यवस्थापिका संसद अन्र्तगत आइतबार विकास समितिको वैठकमा उपस्थित हुनु भएका प्रधानमन्त्री ओलीले समितिका सदस्यहरुले भूकम्प पीडितको बारेमा देखाएको चासो जायज भएको बताउदै सरकारको उपस्थिति प्रभावित क्षेत्रमा पु¥याएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वैठकमा भूकम्प पश्चातको पुनर्निर्माण र राहतको कार्य तत्काल अगाडि बढाउन विकास समितिले सरकारलाई निर्देशन दिएको थियो । भूकम्प पीडितहरुको लागि हालसम्म भएको कार्यहरुको जानकारी गराउन पनि समितिले ध्यानाकर्षण समेत गराएको छ । सदस्यहरुले भूकम्प पीडितहरुले चरम कष्ट भोग्नु पर्दा पनि सरकार गम्भीर हुन नसकेको गुनासो गरेका थिए । छलफल पछि समितिको बैठकले भूकम्प पश्चातको राहत, पुनस्थापना र पुनर्निर्माणको कार्यलाई तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । बैठकमा धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भूकम्प पीडितका समस्याप्रति गम्भीर भएको र सक्रियतापूर्वक राहत तथा पुनर्निर्माणको कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जाडोका कारण भूकम्प पीडितका समस्या थप बढेको वारे सरकार सचेत रहेको भन्दै सरकारको काममा गुनासो गर्नु नपर्ने बताउँनुभयो । समिति बैठकमा समिति सदस्यले कुरा भन्दा काममा बढ्ता ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।