२६ पुष २०७२, आईतवार

वाणिज्य बैंकसँगै जलविद्युत कम्पनीको सेयर सूचक हरियो भएको दिन आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्से ३ दशमलव ०४ अंकले बढेर १ हजार १ सय ६७ दशमलव १८ अंकमा कारोवार भएको छ । नेप्सेमा एकसय २९ कम्पनीको ४९ करोड ६२ लाख रुपैयाँको सेयर खरीदबिक्री भए । बजारमा वाणिज्य बैंकको मात्रै २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो समूहको सूचक १ दशमलव ०९ अंकले बढेको छ । जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ४५ दशमलव ४३ अंकले बढेको छ । होटल र अन्य समूहको सूचक पनि बढेको छ । अन्य समूहको सूचक १४ अंकले र होटल आठ अंकले बढेको छ । बजारमा कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

share

कुमारी बैंकको मात्रै पाँचकरोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो । कुमारीको सेयर मूल्य घटेपनि कारोबार रकम भने बढेको हो । यस्तै धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लक्ष्मी बैंक, हिमालयन जनरल इन्स्योरेन्सलगायतका छन् । नेपाल लाइफको तीन करोड तथा लक्ष्मी बैंकको दुई करोडको सेयर कारोबार भएको थियो । बजारमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । धेरै कमाउनेमा शुभेच्छा विकास बैंक, किसान माइक्रोफाइनान्स, मनासलु विकास बैंक, राष्ट्रिय बीमा कम्पनीका गानीकर्ता धेरै कमाउनेको सूचीमा अगाडि रहेका छन् । यस्तै धेरै गुमाउनेमा भने मल्टिप्रपोज माइक्रोफाइनान्स, कसमस डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्सलगायका कम्पनी रहेका छन् ।

LIVE TV