
केहि वर्षयता नेक्स्ट मोडल नेपालले निरन्तर रुपमा मिस नर्स नेपाल कार्यक्रम आयोजना गरीरहेको छ । गत शनिबार काठमाडौंमा मिस नर्स नेपाल को क्वाटर फाईनल भएको हो । नव नर्सहरुको क्षमता बिकासका लागी यस कार्यक्रमको आयोजना गरीएको हो ।
आउँदो माघको दुई गते फाईनल हुने भनिएको यस कार्यक्रममा विभिन्न सहभागीता जनाउने नव नर्सहरुले आफुमा भएको प्रतिभाहरुलाई देखाएका छन् । यसरी आफनो प्रतिभाहरु देखाउने क्रममा विभिन्न कल्चरल डान्स देखि लिएर ग्ल्यामर डान्सहरु पनि प्रस्तुत गरेका छन् ।माघको दुई गते हुने फाईनल शोमा उत्कृष्ट सहभागीलाई विभिन्न कोर्षहरुमा स्कलर्शीप तथा जोब अपरच्युनिटिको पनि व्यावसथा रहेको संयोजक टोलीले बताउँछन् । यो भन्दा पहिले ज्वाला पौड्याल सिम नर्स भएकी थिईन् । उनी अहिले विभिन्न चार वोटा संघसंस्थामा आबद्ध भएर काम गरीरहेकी संयोजक टोलीले बताएका छन । तालीमहरुको परिवर्तनका साथै नर्सहरुमा नम्रता ल्याउने उदेश्यका साथ यस कार्यक्रमका आयोजना गरीएको आयोजक बताउछन् । यस पालिको मिस नर्स विजेताले अष्टे«लियामा पढाईका लागि स्कलर्शीपका साथै विभिन्न फ्रि क्लासहरुमा सामेल हुन पाउने आयोजकको भनाई रहेको छ ।