२६ पुष २०७२, आईतवार

जापान | एक जना विद्यार्थीका लागि सिंगो रेल । तर, जापानमा यस्तो भएको छ । जापानको रेल वेले भने यस्तो निर्णय गरेको छ । जापानको उत्तरी टापु होक्काइदोमा एक हाईस्कुल विद्यार्थी रेल चढेरै स्कुल जाने गरेको थाहा पाएपछि रेलवेले यी एक्ली यात्रीका लागि रेल चलाउने निर्णय गरको हो । यस्तो विरलै हुने गर्छ ।

rail

कामी–सिरातकी रुटमा रेल सेवा बन्द गरिएको छ तर एउटा रेल भने हरेक दिन दुईपटक चल्छ । यो बाटोमा रेल चढ्ने यी विद्यार्थी मात्रै हुन् । यी विद्यार्थीको स्कुल जाने आउने समयअनुसार नै रेलको समय मिलाइएको छ । रेलवेले यिनको पढाई नसकिइन्जेल एउटा रेल चलाइराख्ने निर्णय पनि गरहेको छ । उनको पढाई सकिएपछि भने यो रुटमा रेल चलाइने छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV