२६ पुष २०७२, आईतवार

आइसीसी ट्वान्टी ट्वान्टी बरियातामा वेष्ट इन्डिज शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो बरियतामा भारत आठौं र अफगानिस्तान नवौं स्थानमा छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले आइतबार सार्वजनिक गरेको पछिल्लो वरियाताक्रममा अष्टे«लियालाई पछि पार्दै वेष्ट ईण्डिज शीर्ष स्थानमा उक्लिएको छ । यसको २ हजार २ सय ४९ अंक भएको छ भने दोस्रो स्थानको अष्टे«लियाले २ हजार ६ अंक पाएको छ । आइसीसी बरियाताको तेस्रो स्थानमा श्रीलंका, चौथोमा इंग्ल्याण्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा न्यूजिल्याण्ड, सातौंमा पाकिस्तान, आठौंमा भारत। नवौ स्थानमा अफगानिस्तान र दशौं स्थानमा बंगलादेश छन । त्यस्तै बरियताको ११ औं स्थानमा हङकङ, १२ औं स्थानमा स्कटल्याण्ड, १३ औं स्थानमा नेदरल्याण्ड्स, १४ औं स्थानमा जिम्बाबे र पन्ध्रौं स्थानमा आयरल्याण्ड छन । ट्वान्टी ट्वान्टी बिश्वकप सुरु हुनुभन्दा दुई महिनाअघि सार्वजनिक गरिएको बरियाताक्रममा वेष्ट इन्डिजले फड्को मार्दै शीर्ष स्थानमा पुगेको हो । त्यस्तै वंगलादेश र जिम्बाबेजस्ता टोलीलाई पछि पार्दै एशोसिएट मुलुक अफगानिस्तानले पनि उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

LIVE TV