
केही दिन यता अत्याधिक चिसो बढ्दै गएपछि तराईको जनजीवन प्रभावित हुन थालेको छ । शुक्रवारदेखि बढ्न थालेको चिसोका कारण कपिलवस्तुुको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण कपिलवस्तुमा बिहानै देखि शितलहर चल्ने गरेको छ । यसले गर्दा जनजीवनलाई पूर्ण रुपमा प्रभावित पारेको छ । चिसोबाट बच्न स्थानीयहरुले बजार र घरका चोक चोकमा आगो बालेर ताप्ने गरेका छन् । चिसो बढेकै कारण स्थानिय घर बाहिर निस्किन सकेका छैनन भने यसले उनीहरुको दैनिकीमै प्रभाव परिरहेको छ । जाडोका कारण पशुचौपाया समेत प्रभाबित बनेका छन भने पशुचौपायालाई जाडोबाट बचाउन बोरा र कपडाहरु लगाई दिने गरिएको छ । जाडो बढदै गएपछि बजार, सवारी साधनहरुमा स्थानियको चाप घटेको छ । जसका कारण सरकारी कार्यालय, संघसंस्थाहरु सुनसान बन्दै गएका छन । अत्याधिक रुपमा बढेको जाडोले बृद्धबृद्धा तथा बालबालिकाहरु ऋझ बढी प्रभावित बनेका छन् ।