२६ पुष २०७२, आईतवार

पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले नेपालमा नेपाली भाषालाई विस्थापित गरेर हिन्दी भाषालाई प्रमुख भाषाको रुपमा स्वीकार गर्न असम्भव भएको बताउनु भएको छ । उहाँले नेपालले नेपाली भाषालाई राष्ट्रभाषाको र अन्य भाषाहरुलाई राष्ट्रिय भाषाको मान्यता दिइसकेको समेत प्रष्ट पार्नुभयो ।

LOkendra

विश्व हिन्दी दिवसका अवसरमा भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री चन्दले नेपालमा हिन्दी भर्सेज नेपाली भाषाको वकालत नगर्न आयोजकलाई सुझाव पनि दिनुभयो । नेपालको भारतसँग सांस्कृतिक, ऐतिहासिकको साथसाथै व्यक्ति व्यक्ति वीचको सम्वन्ध रहेकोले यसलाई सुमधुर वनाउन सवै नागरिक सचेत हुनुपर्ने धारणा राख्नु भयो । कुनै पनि भाषाको साहित्यमा सीमा नहुने भएकाले त्यसमा राजनीति गर्न नहुने बताउदै पूर्व प्रधानमन्त्री चन्दले नेपालमा भाषाको प्रयोगमा भएको स्वतन्त्रता सम्मानजनक भएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV