
भारतबाट चोरी गरी फरार भएका २ जना नेपालीलाई ठुलो मात्रामा भारतीय नोट सहित अञ्चल प्रहरी कार्यालय भेरीले प्रक्राउ गरी आज सार्वजनिक गरेको छ । अञ्चल प्रहरी कार्यालय भेरीले आज आफ्नै कार्यालयमा ६० लाख भारतीय र १० लाख ४० हजार नेपाली रुपैयाँ सहित २ जनालाइ सार्वजनिक गरेको हो । भारतको मुम्बइ निवासी गौरब रमेश गेदावनको घरबाट १ करोड ४० लाख रुपैयाँ चोरेर फरार रहेका सिंहसैन ७ दैलेखका जगतजंग शाही र सोही ठाउँका लब शाहीलाइ पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । प्रक्राउ परेका दुबैजना गेदावनको घरमा काम गर्दै आएका र चोरीका मुख्य योजनाकार दैलेखका भुपेन्द्र भन्ने उपेन्द्र शाही र अछामका भरत शाही अझै फरार रहेको अञ्चल प्रहरी कार्यालय भेरीका बरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले जानकारी दिनुभयो । भारतका निर्माण ब्यबसायी गेदावनले आफनो घरमा काम गर्ने नेपालीहरुले ठुलो मात्रामा नगद चोरेर फरार भएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएपछि उनको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र अञ्चल प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगन्ज ५ बसपार्कबाट पुष १४ गते जगतजंग शाही र पुष १८ गते कैलालीको लम्कीबाट लब शाहीलाइ पक्राउ गरिएको थियो । उनिहरुको बयानका आधारमा कैलाली टिकापुरबाट ६० लाख ४० हजार भारतीय रुपैयाँ र बाँके कोहलपुरमा रहेको दैलेखी शाही होटलबाट १० लाख ४० हजार बरामद गर्न सफल भएको बरिष्ठ प्रहरी उपरीक्षक बस्न्यातले बताउनुभयो । पक्राउ परेका दुइ जना मध्ये लब शाही गेदावनको घरमा भान्सेको रुपमा र जगत शाही चौकीदारीका रुपमा काम गर्दै आइरहेकोले उनिहरुको संलग्नतामा त्यति ठूलो रकम चोरी गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न उपेन्द्र शाही र भरत शाहीको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।