
नेपाली फिल्म क्षेत्र र म्युजिक भिडियोमामा प्राय व्यस्त भईरहने नायिका केकि अधिकारी अभिनित फिल्म बागमती रीलिज भईसकेको छ । नेपाली फिल्म उद्योगमा धेरै लामो समय देखि नै व्यस्त भैरहने केकि दर्शकहरुको मन जित्न सफल नायिका बनेकी छिन् । सबै दर्शकहरुको मन जित्न सफल केकी अभिनित फन्को फिल्म पनि यहि माघको १ मा रीलीज हुने भएको छ । फन्को फिल्ममा केकीले गाउँले नाम मिठु, साधारण युवती र सामाजिक कार्यमा तल्लिन पात्रको अभिनय गरेको पनि बताएकी छिन् ।
फन्को फिल्मको गीत ठुङ्गदे ठुङ्गदे बोलको गीतले चर्चा कमाईरहेको बेला नायिका केकीले काठमाडौको एक कार्यक्रममा उक्त गीतमा नाचेकी पनि थिईन् । फन्को फिल्ममा सौगात मल्ल, प्रियंका कार्की,दयाहाङ्ग राई, अनुप बराल जस्ता राम्रो कलाकारहकोे अभिनय भएकाले राम्रो फिल्म भएको पनि बताईन् । केकी अभिनित फिल्म भाग सानी भाग यहि चैतको पाँचमा रीलीज गरीने भएको छ । त्यस्तै आउदो बैशाखमा हाउफन्नि फिल्म पनि रीलीजहुने केकीले बताएकी छिन् ।
फिल्महरुको अलवा केकिले म्युजिक भिडियो र कमर्सियल विज्ञापनहरुमा व्यास्त रहेको पनि बताउँछिन् । प्राय केकीले फिल्म गर्नु भन्दा पहिले स्क्रिप्टका साथै पात्र र अरु कलाकारहरु हेरेर मात्र फिल्म खेल्ने गरेको पनि बताएकी छिन् ।