२६ पुष २०७२, आईतवार

७३ बर्षिय बलिउड अभिनेता अमिताभ बच्चन फिल्म तीन को सुटिङ्ग गर्ने क्रममा विरामी भएका छन् । बलिउडका मेघास्टार बच्चनले कोलकत्तामा सुजाँय घोषको फिल्म सुटिङ्ग गरीरहेका थिए । उक्त बिरामी पश्चात अमिताभ बच्चन मेडिकल जाँच गर्नका लागी मुम्बाई फर्केका छन् । मुम्बाई फर्केका अमिताभलाई ठिक हुन केहि समय लाग्ने पनि बताएका छन् ।अमिताभले आफ्नो स्वस्थको बारेमा जानकारी दिदै ट्विट गरेका छन्, भर्खरै सि.टि. स्केन गरेर फर्केको अमिताभले केही समयमै ठिक हुने बताएका छन् । बाँकी सबै कुरा ठिक भएको भन्दै उनले सबै प्रशंसकहरुलाई केहि चिन्ता नभएकोमा आस्वस्त पारेका छन् । बलिउडमा २०१५ मा धमाका मच्चाउने फिल्म पिकुका अभिनेता अमिताभ बच्चानले केहि चिन्ता नभएको भन्दै बिमारमुक्त भएपश्चात कोलकत्ता फर्केर फिल्म तीनको सुटिङ्ग गर्ने बताएका छन् ।
मेघास्टार बच्चनले जीवन एक निरन्तर प्रकृया भएको पनि बताएका छन् ।

Amitabh Bachchan, Big B, Amitabh Bachchan injured

LIVE TV