२६ पुष २०७२, आईतवार

राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय खेलकुद संघले प्रदान गर्ने पृथ्वी पुरस्कारबाट यस बर्ष कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सम्मानित भएका छन । पुरस्कार स्वरुप मानन्धरले दुई लाख रुपैयाँ प्राप्त गरेका छन ।राप्रपा नेपालको युवा बिद्यार्थी तथा खेलकुद विभाग अन्तर्गतको राष्ट्रिय खेलकुद संघले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मृतिमा हरेक बर्ष प्रदान गर्ने पृथ्वी पुरस्कारबाट यस बर्ष भेट्रान एथ्लेटिक्स खेलाडी बैकुण्ठ मानन्धर दुई लाख पुरस्कार सहित सम्मानित भएका हुन ।

vlcsnap-2016-01-10-17h06m26s55 vlcsnap-2016-01-10-17h06m40s197 राष्ट्रिय खेलकुद संघले आइतबार आयोजना गरेको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री र संघीय मामिला एवम् स्थानीय विकास मन्त्री कमल थापाले मानन्धरलाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आसन्न दक्षिण एशियाली खेलकुदको तयारी तथा सहभागिताका लागि बजेट अभाव भएको गुनासो आएकोमा प्रधानमन्त्रीसंग छलफल गरि समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।दक्षिण एशियाली खेलकुदमा एथ्लेटिक्सको म्याराथनतर्फ तीन पटक लगातार स्वर्ण जितेर कीर्तिमान कायम गर्ने बैकुन्ठ मानन्धर नेपाली एथ्लेटिक्सका अहिलेसम्मकै सफल खेलाडी हुन । उनले सन् १९८३ को पहिलो साग, १९८५ को दोस्रो र १९८७ को तेस्रो सागमा लगातार स्वर्ण जितेर कीर्तिमान कायम गरेका थिए ।भारतको कोलकतामा भएको तेस्रो साग गेम्समा म्याराथनतर्फ २ घण्टा १५ मिनेट ३ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका मानन्धरको कीर्तिमान अहिलेसम्म कुनै दक्षिण एशियाली खेलाडीले तोड्न सकेका छैनन् । त्यस्तै मानन्धरले एथ्लेटिक्सबाट चार पटक ओलम्पिक, चार पटक बिश्व एथ्लेटिक्स च्याम्पियनसीप तथा तीन पटक एशियन ट्र्याक एण्ड फिल्डमा सहभागिता जनाएका छन । राष्ट्रिय खेलकुद संघले नेपाली खेलक्षेत्रमा अतुलनीय योगदान पु¥याएका खेल व्यक्तित्वलाई सम्मानका खातिर अघिल्लो बर्षदेखि दुई लाख पुरस्कार राशीको पृथ्वी पुरस्कारको स्थापना गरेको हो । यस पुरस्कारबाट यसअघि राष्ट्रिय फुटवल टोलीका पूर्व कप्तान राजुकाजी शाक्यलाई प्रदान गरिएको थियो ।

vlcsnap-2016-01-10-17h08m35s58vlcsnap-2016-01-10-17h06m18s3

प्रतिक्रिया दिनुहोस्
LIVE TV