२६ पुष २०७२, आईतवार

पूर्व स्टार जिनेदिन जिदानेलाई प्रशिक्षक नियुक्त गरेपछिको पहिलो खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले ला लिगामा रवाफिलो जित हात पारेको छ । यता उत्कृष्ट लयलाई कायम राख्दै बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले डेपोर्टिभो ला कोरुनालाई पाँच शून्य गोलले पराजित गर्न सफल भयो । प्रशिक्षक रफायल वेनिटेजलाई प्रतिस्थापन गर्दै फ्रान्सेली सुपरस्टार तथा रियलका पूर्व स्टार जिनेदिन जिदाने प्रशिक्षक नियुक्त भएपछिको पहिलो खेलमा ग्यारेथ वेलले ह्याट्रिक पुरा गर्दा करिम बेञ्जिमाले दुई गोल गरे । वेलले २२ औं, ४९ औं र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

 

Zinedine Zidane

सुरुवाती आठौं मिनेटमा सम्भव भएको गोल र खेलको अन्त्यतिर भएको गोल बेञ्जिमाको नाममा रह्यो । यता साविक बिजेता बार्सिलोनाले भने स्टार स्ट्राइकर लियोलन मेसीको प्रेरणादायी प्रदर्शनको सहयोगमा ग्रानाडालाई चार शून्य गोलले हराउदै पुनः लिगको शीर्ष स्थान कब्जा गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा आक्रामक देखिएको बार्सिलोनाका लागि मेसीले खेल सुरु भएको ८ औं र १४ औं मिनेटमा गोल गरेका थिए । दोस्रा हाफमा बार्सिलोनाले दुई गोल थप्यो । ५८ औं मिनेटमा मेसीले ह्याट्रिक पुरा गर्दा ८३ औं मिनेटमा नेईमारले गोल गर्दै बार्सिलोनालाई चार शून्य गोलको जित सुनिश्चित गराए । जितपछि बार्सिलोना लिगमा सम्पन्न १८ खेलबाट ४२ अंकसहित लिगको शीर्ष स्थानमा रहदा समान खेलबाट ४१ अंकसहित एथ्लेटिको म्याड्रिड दोस्रो स्थानमा छ । एक खेल बढि खेलेको रियल म्याड्रिड ४० अंक सहित तेस्रो स्थानमा छ ।

Gareth Bale

Gareth Bale

LIVE TV