२६ पुष २०७२, आईतवार

वास्तविक घरधुरीभन्दा बढी घर पूर्ण क्षति भएका केही भूकम्प प्रभावित जिल्लामा थप परिवारले आंशिक क्षति भएको भन्दै प्रमाणित गरेको भेटिएको छ। आंशिक क्षति भएको संख्या जोड्दा वास्तविकको तुलनामा पीडित परिवारको संख्या निकै बढी हुन्छ। कान्तिपुर दैनिकमा समाचार छ।

BHUKUM

 

 

दोलखाको जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पवाट पूर्ण क्षति भएका घरको संख्या ८४ हजार ८ सय ४८ रहेको अद्यावधिक गरेको छ। यो संख्या २०६८ को जनगणनाभन्दा झन्डै ३६  हजारले बढी हो ।

 

त्यसमा पनि थप ३ हजार १ सय २० जनाले घर आंशिक क्षति भएको भनेर प्रमाणिकरण गरेको भेटिएको छ। आंशिक र पूर्ण रुपले क्ष्ति भएका घरको विवरण जोड्दा दोलखामा कुल घर संख्या ८७ हजार ९ सय ६८ हुन्छ।

 

LIVE TV