
काठमाडौं । भारतको नाकाबन्दीले पेट्रोलियम पदार्थलगायत उपभोग्य बस्तु भित्रिने क्रम घटिरहेका बेला औपचारिक माध्यमबाट सुन आयात भने बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ५४ करोड रुपैयाँको सुन आयात भएको छ । जुन गत वर्षभन्दा ८११ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ८१ करोड रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको कारोबार दैनिकमा खबर छ । परिमाणको हिसावले ८५३ प्रतिशत आयात बढी भएको देखिन्छ ।
गत आवको पाँच महिनामा ४६३ किलो अर्थात एक अर्ब ८१ करोड रुपैयाँको सुन आयात भएकोमा चालू आवको सोही अवधिमा चार हजार चार सय १७ किलो सुन आयात भएको थियो ।