२६ पुष २०७२, आईतवार

काठमाडौं । भारतबाट धेरै ग्यास आउन थालेको दाबी गर्दै उद्योगीले सिलिन्डरमा आधार परिमाण (७.१ किलो) भर्ने प्रावधान हटाएर पूरै (१४.२ किलो) ग्यास भर्न सरकारसँग अनुमति मागेका छन् । उद्योगीले आयात बढेको दाबी गरे पनि सर्वसाधारणले भने अझै सहज रुपमा ग्यास पाउन सकेका छैनन ।

nepal gass

ग्यास उद्योग संघले चार दिनअघि आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई पत्राचार गर्दै हालको आधार ग्यास भर्नुपर्ने प्रावधानलाई हटाएर पूरै ग्यास भर्न अनुमित मागेको नयाँ पत्रिकामा खबर छ ।

यसअघि मन्त्रालय र निगमले नै थोरै आएको ग्यास धेरै उपभोक्तालाई पुर्‍याउनुपर्ने भन्दै आधार परिमाण ग्यास मात्रै भर्न उद्योगीलाई निर्देशन दिएका थिए ।

 

LIVE TV