२५ पुष २०७२, शनिबार

चरम संकट भोगिरहेका नेपाली जनताले केही दिनयता विग्रदो परिस्थितिका माझ पनि सकारात्मक संकेतको महसुस गर्न थालेका छन् । आन्दोलरत मोर्चा नरम बन्दै गएको र प्रमुख दलहरु पनि लचक हुँदै गएका कारण स्थिति सामान्यतर्फ उन्मुख हुन खोजेको हो कि भन्ने भान जनतालाई परेको छ । तर पनि व्यवहारिकरुपमा स्थिति सामान्य नहुँदा अझै पनि आशंकाको बादल भने उत्तिकै मडारिरहेको छ । शनिवार बसेको आन्दोलतरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले घोषणा गरेका कार्यक्रमहरु पहिले भन्दा नरम र कर्मकाण्डी प्रकृतिका रहेका छन् । पछिल्लो पटक प्रमुख दलहरु र आन्दोलरत मोर्चा दुवैलाई सहमतिमा आउन आन्तरिक तथा वाह्रय दवाव चुलिँदो छ । मुलुकको चरम राजनीतिक संकटले निम्त्याएको विषम आर्थिक तथा सामाजिक कष्ट इतिहासकै भयावह र चरम मानवीय संकट प्रकृति भएको सर्वत्र अनुभव गरिएको छ । त्यसमाथि नेपालको राजनीतिक द्धन्द्धमा छिमेकी मुलुक भारत समेत प्रत्यक्ष रुपमा जोडिन पुग्दा नेपालमा भारत विरोधी जनमत इतिहासकै उल्लेख्य रहेको पाईएको छ ।
नेपालमा भारत विरोधी जनमत बढ्दै जाँदा भारतीय केन्द्रीय सरकारलाई भारतकै विपक्षी पार्टीहरुले एकमुष्टरुपमा नेपाल नीति असफल भएको भन्दै तत्काल नेपाल माथिको दवाव हटाउन आग्रह गरे । यसरी नेपालको द्धन्द्धमा जोडिएका सवै पक्षहरुका व्यवहारिक कमजोरीका कारण निकासकोलागि जसरी पनि तत्काल लचिलो बन्न दवाव बढ्न गएको हो । मोर्चाले नरम प्रकृतिका आन्दोलनहरु घोषणा गर्नु र प्रमुख दलहरु मोर्चाका जायज मागहरुमा सकारात्मक देखिनु त्यहि दवावको कारण भएको बुझ्न कठिन छैन् ।

vlcsnap-8366-11-04-17h39m18s240
नयाँ संविधान निर्माण भएपछि शान्ति र समृद्धिको अवस्था सिर्जना हुने अपेक्षा गरेका नेपाली जनताले यस प्रकृतिको भीषण संकट उत्पन्न हुने आशंका गरेका थिएनन् । सवै दलहरु विगतका गल्तीहरुवाट पाठ सिकेर मुलुकको निर्माणमा लाग्नेछन् भन्ने सोझो अपेक्षा थियो आम जनताको ।
लोकतन्त्रको लागि लामो संर्घष गरेका दलहरुले लोकतन्त्रमा जनतालाई खुशी र सुखी राख्नु पर्छ भन्ने व्यवहारिक सोचाँई राख्न सकेनन् । फलस्वरुप लोकतन्त्र संकटमा पर्न गएको हो । पछिल्लो पटक बन्दै गएको सकारात्मक वातावरणलाई दुवै पक्षले अधिकतम उपयोग गर्दै जतिसक्दो चाँडो मुलुकलाई निकास दिनु आवश्यक छ । अन्यथा पटक पटक गल्ती गरेका दलहरुलाई इतिहासले पुनः माफी दिने छैनन ।

LIVE TV