२५ पुष २०७२, शनिबार

अचम्म ….। जंगलमा रमाउने चितुवा कंक्रिटको जंगलमा , त्यो पनि काठमाडौंको नयाँ वानेश्वरमा । नयाँ वानेश्वरसम्म आउनु जंगली जीवजन्तुको लागि सहज छैन् नै । तर नयाँ वानेश्वरमा शनिबार विहान वयस्क चितुवा फेला परेपछि स्थानीयवासी आश्चर्यचकित मात्र भएन् भयले केही समय काँपे पनि । कता बाट आयो होला यो प्रश्न अनुत्तरित नै रहदा चितुवालाई भने शिवपुरीको जंगलमा लगेर छोडिएको छ । शनिवार राजधानीको नयाँ बानेश्वरस्थित हेमराज भण्डारीको घरमा प्रवेश गरेको चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवाका कारण केही समय उक्त क्षेत्र आतंकित मात्र भएन् भय मिश्रित आश्चर्यले सबैलाई चकित समेत तुल्यायो । घनावस्ती रहेको राजधानीको नयाँ बानेश्वर चोकमा मानिसहरुले शनिवार एका विहानै चितुवालाई देखेका थिए । जसले गर्दा आतंकित बनेको बानेश्वर क्षेत्रमा चितुवा कता गयो भनेर हल्ला हुन थाल्यो । केही गर्दा पनि पत्ता नलागे पछि शनिवार अपरान्ह खवर आयो कि शंखमुल जाने वाटोमा रहेको हेमराज भण्डारीको शौचालयमा चितुवा प्रवेश गरेको छ ।
vlcsnap-2016-01-09-19h44m20s124
त्यस पछि प्रहरी, स्थानीय र जावालाखेलस्थित चिडियाखानाका कर्मचारीहरुको करिव तीन घण्टा लामो प्रयास पछि चितुवालाई नियन्त्रणमा लिईएको थियो । चितुवालाई लठ्ठाउने इन्जेक्सनद्धारा नियन्बणमा लिईएको र यसलाई सामान्य उपचारपछि शिवपुरी जंगलमा छोडिने जावालाखेल चिडियाखानाका एक कर्मचारीले जानकारी दिए । चितुवा भण्डारीको घरमा प्रवेश गरेको थाहा भएपछि भण्डारीको घर वरपर मानिसहरुको ठूलो भिड एकत्रित भएको थियो । । चितुवा नियन्त्रणमा लिनेक्रममा कोही पनि घाईते भएका छैनन् । चितुवा कहांवाट र कसरी आयो भन्नेवारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । हुनत विगत केही बर्षदेखि काठमाडौंको बिभिन्न भागमा चितुवाले आफ्नो उपस्थिति जनाउँदै आएको छ । काठमाडौंको कपन, चक्रपथ लगायतका स्थानमा यसअघि पनि चितुवाले आफ्नो चर्तिकला देखाइसकेको छ । जंगलमा आहाराको कमी हुँदा चितुवाहरु आहाराको खोजीमा शहर र मानव वस्तीमा प्रवेश गर्ने गरेको तथ्य वन्यजन्तु विशेषज्ञहरुले बताउदै आएका छन् । शनिबार नयाँ वानेश्वरमा देखिएको चितुवाको बारे अनुसन्धान जारी छ , कसरी कहाँबाट आयो यो पत्तो लगाउन भने आवश्यक छ ।

LIVE TV