२५ पुष २०७२, शनिबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार वार्ताप्रति इमान्दार नभएको भन्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । संवादवाट हल खोज्न लचक भएको पनि मोर्चाले स्पष्ट पारेको छ । शनिवार अपरान्ह बसेको मोर्चाको आन्तरिक बैठकले समग्र आन्दोलन र सरकारसंगको वार्ताको समीक्षा गरेको छ । मोर्चाको बैठकले पहिले भन्दा नरम प्रकृतिका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पुष २८ देखि माघ ७ गते सम्मका लागि घोषणा गरिएको विरोध कार्यक्रमहरुमा जुलुस प्रदर्शन, विरोध सभा, फोटो तथा बृत्तचित्र प्रदर्शनी लगायतका रहेका छन् ।

vlcsnap-9762-11-21-09h52m03s213
मोर्चाको बैठकले सरकारसंगको वार्तालाई निष्कर्षमा पु¥याउन आफ्नो तर्फवाट इमन्दारिता र लचकता प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । मोर्चाले शनिवार घोषणा गरेको कार्यक्रममा सीमा नाका अवरोध तथा धर्ना जारी राख्ने कहिं कतै उल्लेख नगरिएकोले मोर्चाले भन्दै गरेको नाकाबन्दी हट्ने संकेत देखिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV