२५ पुष २०७२, शनिबार

पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अवको केहि दिनमा देशमा उत्पन्न समस्या टुङगोमा पुग्ने दावी गर्नु भएको छ । संविधान संशोधन पछि मुलुकमा देखिएका समस्या समाधान हुने उहाँको तर्क छ । तुलसीपुर उद्योग वाणिज्य संघले दाङमा विमानस्थल सञ्चालनका लागि सञ्चालनका लागि गरेको कार्यक्रममा अध्यक्ष दाहालले संविधान जारी संगैको नाकाबन्दीले केहि जटिलता उत्पन्न गरेको भन्दै संविधान संसोधन प्रक्रिया सुरु भइसकेकाले अवको केहि दिनमा समस्याले किनारा पाउने दावी गर्नुभयो ।

Prachanda_788628049_475915404
अध्यक्ष दाहालले दाङको तुलसीपुरमा रहेको हवाइ अड्डालाई नियमित रुपमा सञ्चालन गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि बताउनुभयो । तुलसीपुरको समग्र विकासका लागि माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले पाँचबुद्धे ज्ञापनपत्र समेत दाहाललाई बुझाएको छ । संघले नियमित उडान, इन्धन डिपो स्थापना, धावनमार्ग विस्तार गरिनु पर्ने, दाङलाई औद्योगिक क्षेत्रको रुपमा स्थापना गरी औद्योगिक सुरक्षा बलको स्थापना गरिनु पर्ने लगायत माग सहित ज्ञापनपत्र बुझाएका छन ।

LIVE TV