२५ पुष २०७२, शनिबार

बंगलादेशमा शुक्रबारदेखि सुरु भएको बंगबन्धु गोल्डकप फुटवलमा नेपालको अण्डर ट्वान्टी थ्री राष्ट्रिय टोलीले मलेशियाको फेल्डा युनाईटेड क्लवसंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । राम्रो प्रदर्शन गर्ने तर गोल गर्न नसक्ने परम्परागत कमजोरीलाई नेपाली टोलीले यसपटक पनि दोहो¥यायो । प्रतियोगिताको समुह ए मा रहेको नेपालले समुह चरणको पहिलो खेलमा मलेशियन सुपर लिग क्लव फेल्डा युनाईटेडसंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा नेपालको राम्रो प्रदर्शन गर्ने तर गोल गर्न नसक्ने पुरानै समस्या दोहोरियो ।

U 19

फेल्डाबिरुद्धको खेलमा नेपालको अग्रपंक्ति संहालेका बिमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्टले पाएका केहि अवसरहरु सदुपयोग गर्न सकेनन् । मलेशियाको फेल्डा युनाईटेड मलेशियन सुपर लिग फुटवलको पूर्व च्याम्पियन हो । सनु २०१५ को सिजनमा भने फेल्डा लिगको पाचौं स्थानमा रहेको थियो । नेपालले समुह चरणको अन्य दुई खेलमा श्रीलंका र आयोजक बंगलादेशसंग प्रतिष्पर्धा गर्नेछ । बंगलादेश र श्रीलंकाले राष्ट्रिय टोलीलाई समावेश गराएको छ । यसअघि शुक्रबार भएको समुह ए को पहिलो खेलमा आयोजक बंगलादेशले श्रीलंकालाई चार दुई गोलले हराएको थियो । नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकाबिरुद्ध प्रतिस्पर्धा गर्नेछ । बंगबन्धु गोल्डकपमा नेपालको सहभागिता एक महिनापछि भारतमा हुने १२ औं सागगेम्सको तयारीको रुपमा लिइएको छ । साग गेम्समा नेपालको २३ बर्ष मुनिको टोली सहभागी हुनेछ ।

LIVE TV