
फन्को माघ १ देखी प्रदर्शनमा आउन लागेको अर्को मुभि हो ।नरेन्द्र महर्जनले सहदेब गौतम र पदम गुरुङ संग मिलेर निर्माण गरेको फिल्मको जानकारी पत्रकार सम्मलेन मार्फत सार्बजनिक गरीएको छ ।रीलिज नजिकीदै गए पछि फिल्मको युनिटले फिल्म सम्बन्धी जानकारी पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेका हुन ।फिल्मका निर्माता नरेन्द्र महर्जनले रीलिज नजिकीदै गएपछि फिल्म बारे जानकारी दिन चाहेको बताए ।
फिल्ममा अनुप बराल,दयाहाङ राइ,सौगात मल्ल,केकी अधिकारी,प्रियंका कार्की लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।कार्यव्रmममा नायक दयाहाङ राइले सुटिङ गर्दाको रमाइलो पक्षलाइ बताएका थिए । नायिका केकी अधिकारीले सुटीङ गर्दा भरखरै ड्राइभिङ सिकेका सौगात मल्ल संगै बस्दा हनुमान लाइ सम्झनु परेको बताइन ।निर्देशक सुबर्ण थापाले नयाँ र पुराना कलाकारको मिश्रण बाट नेपाली पन बोकेको फिल्म बनाएको बताए ।फन्कोको युनिटले लोकल बिउटी र ठुङदे बोलको गित रीलिज गरी सकेका छन ।