२५ पुष २०७२, शनिबार

हिमालपारीको जिल्ला मनाङमा यस बर्षभित्र दोस्रो पटक हिमपात सुरु भएको छ । मौषममा आएको बदलीसँगै मनाङका १३ वटै गाविसहरुमा हिमपात सुरु भएको हो । हिमपातका कारण सदरमुकाम चामेसँगै मनाङका सबै गाविसहरुमा जाडो निक्कै बढेको छ । जाडो बढेसंगै भएको हिमपातपछि मनाङका स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । माथिल्लो मनाङको ७ वटा गाउँ विकास समिति साथै नार र फू गाविसमा भएको हिमपातले अन्नपुर्ण पदमार्ग पनि रमणीय बनेको छ । हिमपातसंगै विश्वविख्यात अन्नपूर्ण पदमार्ग हुदै मनाङ गाउँ पुगेका विदेशी पर्यटकहरु मनाङमै बसेका छन् । हिमपातसंगै पर्यटकले ५ हजार ४ सय १६ मीटरको थोराङ्ला चढ्न सकेका छैनन् ।

vlcsnap-2016-01-09-09h20m00s48

LIVE TV