
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा ग्यास सिलिन्डर युगको अन्त्य गरी घर घरमा ग्यास पाईपलाईन पु¥याएरै छोड्ने दावी गरेका छन् । एक बर्षभित्र लोडसेडिङको अन्त्य हुने अडान पनि प्रधानमन्त्री ओलीले दोहो¥याउनुभयो ।
शुक्रवार नेकपा एमाले उपत्यका समन्वय कमिटीद्धारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलेका सरकारहरु विकासप्रति उदासिन रहँदै आएको कारण जनताले दुःख पाउनु पर्ने अवस्था आएको वताउँनुभयो । आफु नेतृत्वको सरकारले तीव्ररुपमा काम गरेर काठमाडौं उपत्यकामा ग्यास सिलिन्डर युगको पूर्णरुपमा अन्त्य गर्ने उँहाले घोषणा गर्नुभयो । त्यसको विकल्पमा उपत्यकावासीको चुलोमा ग्यास पाईपलाईन जोडिने प्रधानमन्त्रीले दावी गर्नुभयो ।
कार्यकर्तालाई विछट्टै हसाँएर भाषणगरेका ओलीले लण्डनले उत्कृष्ट भनेका पहिलेका अर्थमन्त्रीले गर्दा मुलुकले यो आर्थिक सास्ती व्यहोर्नु परेको भन्दै व्यङ्ग कस्न पनि पछि पर्नु भएन् ।
काठमाडौंको फोहोरवाट ग्यास उत्पादन गरिने भन्दै ओलीले आफ्ना आलोचकहरु यो सरकारको काम देखेर शान्त हुने पनि विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले हावा, सोलार लगायतका माध्यमवाट विद्युत निकालेर भएपनि एक बर्षभित्र लोडसेडिङ अन्त्य गराएरै छाड्ने दावी गर्नुभयो । ओलीले नेपाली कांग्रेस सरकारमा नआएको कारण मन्त्रिमण्डल ठूलो आकारको बन्न पुगेको पनि दावी गर्नुभएको छ ।