
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सवै दलसँग सहमति गरेर संविधान संशोधन गरी वाँकी रहेको मुद्यामा राजनीतिक छलफल गरि समाधान खोज्नुपर्ने वताउनुभएको छ । शुक्रवार राजधानीमा आयोजित काार्यक्रममा राजदुत उपाध्यायले अहिले राजनीतिक दलहरुका वीचमा सकारात्मक ढंगले वार्ता प्रक्रिया अघि वढिरहेकोले वर्तमान गतिरोध चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत उपाध्यायले नेपालले भोगिरहेको इन्धन संकट टार्न नेपालमा भएको भण्डारण क्षमता अनुसार भारतकै सवारी साधनमा ल्याउने कुरा भइरहेकोले तुरुन्तै संकट समाधान हुने दावी गर्नुभयो । नेपालमा देखा परेको संकटको समाधान सुधार्ने भन्दाभन्दै धेरै समय खेर गइसकेकोले अव चाँडै हल निस्कने दावी गर्नुभयो ।