२४ पुष २०७२, शुक्रबार

दक्षिण कोरियाले उत्तर कोरिया विरुद्ध प्रसारण प्रचारवाजी पुनः शुरु गरेको छ । त्यस कदमले दुई मुलुक बीचको पछिल्लो तनाव थप चर्मोत्कर्षमा पुग्ने बताईएको छ । दक्षिण कोरियाको सञ्चार माध्यामले उत्तर कोरियाले केही दिन एता विश्व समुदायलाई नै भ्रमित पार्ने तथा कोरियन प्रायद्धिप शान्ति खल्वलाउने प्रयास गरेको आरोप लगाएको छ । उत्तर कोरियाको उक्त व्यावहारले गर्दा केही महिना अघि बन्द गरिएको सीमा क्षेत्रमा जडित प्रशारण माध्याम पुनः शुरु गर्न परेको दक्षिण कोरियाले स्पष्ट पारेको छ । उत्तर कोरियाली यसै हप्ता हाईड्रोजन बम परिक्षण गरेको सार्वजनिकरुपमै दावी गरेपछि दक्षिण कोरियासहित विश्व समुदाय स्तव्ध भएको थियो । तर पनि जापान, अमेरिका सहितका केही देशले भने उत्तर कोरियाको दावी सत्य नभएको तर आणविक विकासमा उत्तर कोरिया लागि परेकोले उसलाई दरिलो जवाफ दिनु पर्ने बताएका थिए । चीनले पनि उत्तर कोरियाको पछिल्लो कदमको कडा आलोचना गरेको थियो । तर पनि दक्षिण कोरियाले उत्तर कोरियासंगको सीमा क्षेत्रमा ठुला लाउडस्पीकर जडित प्रशारण माध्याम पुनः सञ्चालनमा ल्याउनुले तनाव थप बढाउने हुँदा त्यस्तो कदममा पुर्नविचार गर्न दक्षिण कोरियालाई विश्व समुदायले आग्रह गरेको छ । उत्तर कोरियाले हाईड्रोजन बम परिक्षण गरेको दावी गरे पश्चात दक्षिण कोरियाले पनि त्यहि किसिमले उग्र प्रतिक्रिया जनाउन चाहनु उचित नभएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

LIVE TV