
नेपाल चेम्वर अफ कमर्सको आयोजनामा सचालन भएको अन्तर्राष्ट्रिय स्तरको ब्यापार मेला राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । मेलामा नेपाल भारत, चीन, बगलादेश, पाकिस्तान,कोरिया लगायतका देशहरुको सहभागिता रहेको छ । राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको प्रवद्र्धन गर्ने उद्धेश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यापार मेलाको आयोजना भइरहेको छ । स्वदेशी बस्तु तथा आन्तरिक उत्पादनको बजार प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय उत्पादकहरु पनि सहभागिता रहेको छ ।
मेलामा नेपालको स्वदेशी बस्तु देखि अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरु रहेको मेला चेम्वरका मेला सयोजक राष्ट्रभुषण चाकुबजीले जानकारी दिनु भयो । मेलामा स्वदेशी हस्तकला, स्थानीय उद्योगको उत्पादन, कृषि सामग्री र नेपालको मौलिक बस्तुहरु देखि भारत, चीन, बगलादेश, पाकिस्तान, कोरिया लगायतका देशहरुको मौलिक बस्तुहरु राखिएको छ । सो मेलाको कन्ट्री पार्टनरको रुपमा दक्षिण कोरिया रहेको छ ।